काठमाडौँ : कर्मचारीलाई सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको छ ।
स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो ।बोर्डको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसंहिता लागु गरेको हो ।
दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था बोर्डले गरेको छ ।सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।