काठमाडौं : उच्च अदालत पाटनले सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।
न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।यसअघि जहाज निर्माण क्षेत्र रोजेर उत्पादन क्षेत्रमा भाषा परीक्षाको फाराम भर्न पाउँ भन्दै १८ जनाले उच्च अदालत, पाटनमा रिट निवेदन दिएका थिए । निवेदकहरुलाई मात्रै उत्पादन क्षेत्रका भाषा परीक्षामा सहभागी गराउनको लागि उच्च अदालतले पुस ५ गते अन्तरीम आदेश दिएको थियो ।त्यो आदेश अनुसार इपिएसले १८ जना निवेदकलाई परीक्षाको फाराम भर्नको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो ।तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए । आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको छ ।