काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामक्सली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
साथै यसमा भएको प्रगतिबारे हरेक महिना समितिलाई जानकारी गराउन भनेको छ ।
लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।
हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको समितिले जनाएको छ ।