काठमाडौं : नयाँ वर्ष २०२४ को अबसरमा नेपालमा आठजना कलाकारहरुले अमेरिकाका विभिन्न शहरमा हास्य कन्सर्ट प्रस्तुत गर्ने भएका छन् ।
बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरुले सो जानकारी गराएका हुन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा हुने कार्यक्रमका लागि आफुहरु अमेरिका जान लागेको कलाकारहरुले बताए ।
यो हास्य यात्रामा हास्य कलाकाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा सहभागी हुनेछन् ।
भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने पनि कलाकारहरुले बताए ।