काठमाडौं: नेपाल प्रहरीले भिजिट भिषामा नक्कली कागजपत्र बनाएर विदेश पठाउने कार्यमा संलग्न गिरोहका केही व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अनिल यादव र होम पोखरेललाई लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।बुधबार विभिन्न देश जान लागेका नक्कली कागजपत्र बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी तथा युरोपेली मुलुक पठाउनेसँग सेटिङमा मिलेर काम गर्ने उजुरी परेको आधारमा नियन्त्रण लिएको कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।उनका अनुसार सेटिङ गरेबापत अध्यागमनका कर्मचारीले एकजनाको सेटिङ गरेबापत ४० देखि ५५ हजार रुपैयाँ लिने गरेका थिए ।हालसम्म अनुसन्धानका लागि एक हजार ५१३ राहदानी प्रहरीलाई प्राप्त भएका छन् ।
तीमध्ये छानबिनपछि एक हजार २६७ सम्बन्धित व्यक्तिलाई बझाइएको छ भने २४६ राहदानीको अनुसन्धान जारी छ ।विदेश जानेले नक्कली अध्ययनको शैक्षिक प्रमाणपत्र, बैङ्क स्टेटमेन्टलगायत तयार गरेको पाइएको छ । उक्त कार्यमा हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २१ जनालाई मुद्दा चलाइएको छ ।