काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भएको खुलेको छ । घाइते हुनेमा दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का रहेका छन्।
उनी तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए ।
बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार भइरहेको अर्का एक नेपालीले जानकारी दिएका छन् ।