काठमाडौं: काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको कार्गो जहाज बिहान ९ः३१ मा काठमाडौंबाट उडेको थियो ।
तर उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको छ । काठमाडौंबाट उडेको जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।