काठमाडौं : मिस नेपाल–२०१८ शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्दैछन् । उनीहरूले मंसिर २८ गते विवाह गर्न लागेका हुन् ।
उनीहरुको विवाह होटेल हायातमा आयोजना हुने शृङ्खलाको बुबा विरोध खतिवडाले जानकारी दिए । पेशाले इन्जिनियर रहेकी शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् ।