काठमाडौं: दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूलाई मध्यरातमा लखेट्ने व्यक्ति र दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने व्यत्ति एकै रहेको खुलेको छ। सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो।
राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो। महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचतना भइरहेको छ।
राईले नै २ असोजमा काठमाडौंको एक होटलमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेका थिए। विनोद राई माओवादीबाट एमालेमा आएका हुन्। उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका रहेको बुझिएको छ।