काठमाडौं : संसदीय समितिले ललितपुरको ग्वार्को फ्लाइओभरको अनुगमन गरेको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले सोमबार फ्लाइओभर निर्माण कार्यको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा समितिले ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ।
समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए। उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर भएपनि काम गर्नुपर्ने बताए। सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेका समेत जिकिर गरेका छन्।
घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसँग छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाई थियो।
ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्पसहित ग्वार्को फ्लाईओभर निर्माण भइरहेको छ।