काठमाडौं : आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन बसेकी भारती मानन्धरको स्वास्थ्यमा समस्या आएको छ। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दागर्दै एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
उनले दशैंसँगै स्थगित गरेकी रिले अनशन शनिबारदेखि फेरि सुरु गरेकी थिइन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
२०७२ साल असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।