काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै सबै बन्धकहरू बिनासर्त रिहाइ हुनुपर्ने पनि महासचिव गुटेरेसले जिकिर गरे ।