काठमाडौं: अभिनेत्री मनीषा कोइराला लन्डनस्थित बेलायती संसद हाउस अफ कमन्समा सम्मानित भएकी छन्। सिनेमा जगत र सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।
बेलायती सांसद इमरान हुसेन र एशियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतीमा पटेलले कोइरालालाई सम्मान प्रदान गरेका थिए। सम्मानपछि कोइरालाले आफूलाई संसदमा प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा समावेश गरेकोमा धन्यवाद दिएकी छिन्। ‘म यी भव्य समूहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु’ उनले भनिन्।