दार्चुला: दार्चुलामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलोपटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त’ सार्वजनिक भएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन्।
काठमाडौंको बसन्तपुरदेखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एवं निर्देशक भट्टले जानकारी दिए । धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानीयको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यता र गाउँको जनजीवनलाई एउटा दरिलो श्रव्य दृश्यमार्फत प्रस्तुत गरेको छ ।
राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ुआए म त ु गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।