काठमाडौं : हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
उनलाई चीन भ्रमणकै क्रममा बेला बिहीबार बिहान बेइजिङमा हृदयघात भएको थियो। त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।
उनको पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।