काठमाडौं: कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ। उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन्।
कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको थापाले बताएका छन्।
नेपाली कांग्रेस परित्याग गरेका कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए ।