काठमाडौं, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपत्यकामा तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरे लगत्तै मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
सिराहाको मिर्चैयामा मंगलवारदेखि सरु भएको प्रशिक्षण कार्यक्रम बुधवारसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा मधेश प्रदेशका अगुवा कार्यकर्ता र स्थानीय प्रशिक्षकहरु सहभागी भएका छन् ।
प्रशिक्षणका अवधिमा राप्रपाको वैचारिक दाशर्निक पक्ष, सांगठानिक पक्ष र रणनीतिक विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइने विभागकी उपप्रमुख खुश्बु ओलीले बताइन् ।
दुई दिन चल्ने प्रशिक्षणका लागि पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका संयोजक बुद्धिमान तामांग लगायत नेता एवं प्रशिक्षक सोमबार नै मिर्चैया पुगेका थिए ।
पार्टी अध्यक्ष राजेन्द्र लिंग्देनले पनि बुधवारको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।