काठमाडौं, १६ असोज । धर्मलाई लिएर हिंसात्मक अभिव्यक्ति दिएको भन्दै प्रहरीले हिन्दू धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेको छ ।
उनलाई सुनसरी प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरी प्रकाशपुरस्थित आफ्नै आश्रमबाट प्रहरीले पक्राउ गरेको हो । केहीदिन पहिले धरानमा भएको गौहत्याको विषयलाई लिएर गुरु श्रीनिवासले उत्तेजक अभिव्यक्ति दिएका थिए । हातमा खुकुरी बोकेर उनले अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको थियो ।
धर्मगुुरु श्रीनिवासको यसअघि पनि आफैले आफैलाई गोली हान्न लगाएर चर्चामा आउन खोजेको भनेर चौतफी विरोध भएको थियो । श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले लिएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जनाइएको छ । श्रीनिवासलाई पक्राउ गरिएसँगै हिन्दू धर्मावलम्वीका विभिन्न सरोकारवाला व्यक्ति र संस्थाले विरोध जनाउँदै उनलाई यथाशीघ्र रिहा गर्न सरकारसँग माग गरेका छन्