काठमाडौं, ३१ भदौ । देशभर ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारका बीच ६ बुँदै सहमती भएको छ ।
हेटौंडामा चिकित्सकमाथि भएको हातपातलाई लिएर आन्दोलित बनेको संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बनाएको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा नेतृत्वको समितिले आइतवार दिनभर चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेर सहमति गरेको हो ।
सहमति अनुसार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीलाई सांघातिक आक्रमण गर्नेमध्ये पक्राउ परिसकेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य ५ जनालाई पक्राउ गरेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को संशोधित ऐन २०७९ अनुसार कार्वाही गर्ने सहमति भएको छ ।
त्यस्तै उक्त ऐन कार्यान्वयन गर्न सबै पक्ष इमानदार हुने ऐन बमोजिम स्वस्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समिति बनाएर मासिक बैठक गर्ने लगायतका सहमति भएका छन् । सहमति भएसँगै नेपाल चिकित्सक संघले यसअघि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
यस्तो छ सरकार र चिकित्सक संघबीच भएको ६ बुँदे सहमति