काठमाडौं, ५ भदौ । बहुचर्चित ग्याजेट ब्राण्ड एप्पलले आईफोन १५ को उत्पादन भारतमा सुरु गरेको छ । एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकनले भारतको तामिलनाडुमा रहेको प्लान्टमा आईफोनको उत्पादन थालेको हो ।
फक्सकनले भारतमा आइफोनको नयाँ सिरिजको निर्माण थालेको हो । यसअघि चीनमा पनि आइफोनका सिरिजहरु उत्पादन भइरहेका छन् ।
एप्पल १५ आउँदो सेप्टेम्बरमा लञ्च गर्ने एप्पलले जनाएको छ । एप्पलका सीईओ टिम कुक ले भारतमा अवसर’ भएको बताउँदै सोको प्रयोग गर्नुपर्ने बताएका छन् । एप्पलले अमेरिकाको चीन विरोधी व्यवहारका कारण पछिल्ला वर्षमा एप्पलको निर्माण गर्ने जिम्मा चिनियाँहरुबाट झिक्दै तेश्रो देशलाई दिइरहेको जानकारहरुले बताएका छन् ।