काठमाडौं, ५ भदौ । रातोपुलस्थित घरमा गत असार २१ गते मृत भेटिएका अभिनेता सारुक ताम्राकारले निधनअघि अभिनय सुरु गरेको फिल्म ‘ह्यासट्याग माया’लाई म्यूजिक भिडियोका रुपमा रिलिज गर्न लागिएको छ ।
फिल्मको छायांकन धेरै नभएकाले साररुकको निधनपछि फिल्म निर्माण नै अन्योलमा परेको छ भने निर्माण पक्षले आफ्नो धनराशी सिनेमा उत्पादनमा खर्च भइसकेको जनाएको छ । फिल्ममा छायांकन भइसकेको सारुकको भागलाई म्यूजिक भिडियोका रुपमा प्रस्तुत गर्ने योजना बनाएको फिल्मका निर्देशक राजीव गुरुंगले बताए ।
गुरुंगका अनुसार अभिनेता सारुकले बर्दियामा गरेको नृत्यलाई समेटेर म्यूजिक भिडियो रिलिज गरिँदैछ । अभिनेता सारुकको मृत्यु भएपश्चा उन सम्मिलित सामग्री चर्चित हुने अनुमान गरिएको छ । यसअघि अभिनेता श्रीकृष्ण श्रेष्ठको चलचित्र उनको दाहान्तपछि प्रदर्शन गर्दा बक्स अफिसमा तहल्का मच्चाएको थियो ।