काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितानिवास प्रकरण, ६० किलो सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचारका विरुद्ध तल्लो तहसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।
पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले यसका अलावा पार्टी अध्यक्ष राजेन्द्र लिंग्देनको साताव्यापी साउदी अरब र युएईको भ्रमणका क्रममा पार्टीका वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामांगलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।
साथै, पार्टीले नवीन राप्रपा कार्यक्रम अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहमा खटाइएका पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्यहरुको भूगोलकेन्द्रित जिम्मेवारी उत्साहजनक भएको समिक्षापनि गरेको छ ।
त्यस्तै राप्रपाले २० जना केन्द्रिय सदस्यका लागि माग गरेको खुल्ला आवेदनका लागि भदौ मसान्तसम्म म्याद थप गरेको छ ।