काठमाडौं, ५ भदौ । राप्रपाले ४० वर्ष मुनिका क्षमतावान २० युवालाई पार्टीको नेतृत्व तहमा सिधै लैजाने गरि आह्वान गरेको सूचनाको म्याद एक महिना थपेको छ ।
राप्रपाले नवीन राप्रपा कार्यक्रम अन्तर्गत २० जना विभिन्न क्षेत्रका क्षमतावान युवालाई राप्रपामा केन्द्रीय सदस्यका रुपमा सहभागी गराउँदै छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टी भित्रका र पार्टी बाहिरका युवाले समेत उत्साहजनक रुपमा आवेदन दिइरहोका छन् ।
सोमबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले आजसम्म रहेको आवेदन दिने म्यादलाई भदौ मसान्तसम्म थप गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता श्रेष्ठले राजमार्गलाई जानकारी दिएका छन् ।