काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।
लिङ्देनले त्यहाँ रहँदा साउदीअरब र दुवईमा रहेका राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने पार्टीले विज्ञप्ति जारी गरेर जनाएको छ । साउदीअरबमा रहँदा लिङ्देन रियाद जेद्दा, जदाम लगायत शहरमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भ्रमण टोलीमा पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सामेल छन् ।
भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले साउदी र दुर्वइमा रहेको नेपाली राजदूतावास एवं महावाणिज्य दूतको कार्यालयपनि भ्रमण गर्ने कार्यक्रम रहेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा प्रवासी नेपाली एकता मञ्चको अधिवेशन घोषणा सभाको अध्यक्षता पार्टी अध्यक्ष लिङ्देनले गर्ने कार्यसूचि रहेको छ । ती देशमा रहेका नेपाली श्रमिकको अवस्था बुझ्न लिङ्देनले स्थलगत अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । लिङ्देनलाई पार्टीका नेताहरुले त्रिभूवन विमानस्थलमा विदाई गरेका छन् । लिङ्देन एकसातापछि भदौ १२ गते फर्कने कार्यक्रम रहेको छ ।