काठमाडौं, ३ भदौ । राप्रपा निकट प्रवासी एकता समाज ‘पानस’ अष्ट्रेलियाको महासचिवमा दुर्गाप्रसाद उप्रेती चयन भएका छन् ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार ‘पानस’को कोषाध्यक्षमा गीता रायमाझी, प्रवक्तामा दिनेश शिवाकोटीलाई मनोनयन गरिएको हो । । पानसको भिक्टोरिया राज्य प्रमुखमा भने मेलवर्न निवासी दीपक गौतम चयन भएका छन् ।
पानसको अष्ट्रेलियामा संयोजकमा यसअघि नै डा. रामकृष्ण निरौला चयन भएका थिए । राप्रपाले नयाँ नेतृत्व पाएसँगै आफ्ना सबै भातृ एवं शुभेच्छुक संगठनको विस्तार र सुदृढिकरणलाई प्राथमिकता दिएको छ । पानसको अन्य देशका समितिलाई पनि गठन, पुनर्गठन गर्ने कार्य चलिरहेको राप्रपाले जनाएको छ ।