काठमाडौं, ३० साउन । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नविन राप्रपा अवधारणा अन्तर्गत मागेको ४० वर्षमुनीका २० जना केन्द्रिय सदस्य पदको आवेदन दिने म्याद सकिन एकहप्ता बाँकी छ ।
गत जेठको १, २ र ३ गते बसेको पार्टीको केन्द्रिय समितिले पास गरेको नविन राप्रपा नामक राजनीतिक दस्तावेजमा ४० वर्षमुनीका युवालाई समेट्ने निर्णय गरेको थियो । पार्टीले साउन ५ गते सूचना जारी गरेर केन्द्रीय सदस्य पदमा निवेदन आह्वान गरेको हो ।
केन्द्रिय सदस्यका लागि आवेदन दिन राप्रपाले उदियमान प्राज्ञिक युवा तथा महिला, राजनैतिक फाँटमा सक्रिय रहेका र भावी नेतृत्व विकासको सम्भावना बोकेको, राप्रपाको सिद्धान्त, नीति र उद्देश्यप्रति प्रतिवद्ध, सूचना प्रविधि र समाजिक संजालको जानकारी भएको र प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न प्रतिवद्ध मानिसलाई केन्द्रिय सदस्य पदमा मनोनित गर्ने जनाएको छ ।